शिक्षक सेवा आयोगले विज्ञका लागि लागू गर्यो आचारसंहिता

शिक्षक सेवा आयोगले आयोगका पदाधिकारी, दक्ष\विज्ञ र कर्मचारीको आचरणलाई सुसंस्कृत बनाउन आचारसंहिता लागू गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यस्तो आचारसंहिता पहिलोपटक लागू गरिएको जानकारी दिए ।

उनका अनुसार आचारसंहिता आयोगका पदाधिकारी, कर्मचारका साथै आयोगले सेवा लिने विज्ञहरुलाई समेत लागू हुनेछ ।

आचारसंहितामा प्रश्नपत्र निर्माण तथा परिमार्जन गर्ने विज्ञ, उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञ, अन्तर्वार्ता वा प्रयोगात्मक परीक्षा वा कक्षा अवलोकन वा सामूहिक छलफल वा सिप परीक्षण गर्ने विज्ञ, बढुवा समितिका लागि तोकिएका विज्ञले पालना गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

उनले यस्तो आचारसंहिताले आयोगले गर्ने कामकारवाहीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय बनाउने अपेक्षा गरिएको बताउँदै पदको दुरुपयोग नहुने दावी गरे ।

Degrees offered in nepal
Counseling
Bachelors Portal