
सरकारले नेपाल संस्कृत विश्वविद्यालय को रेक्टरमा प्रा. डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा. डा. नवराज कट्टेललाई नियुक्त गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उनीहरूलाई सम्बन्धित पदमा नियुक्त गरेको रजिस्ट्रारमा नियुक्त प्रा. डा. कट्टेलले जानकारी दिए।
यसअघि विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भीम खतीवडालाई नियुक्त गरिएको थियो। विश्वविद्यालयका प्रमुख पदहरू खुला प्रतिस्पर्धामार्फत नियुक्त गरिएको हो।
सरकारले रेक्टर र रजिस्ट्रार पदका लागि उम्मेदवार सिफारिस गर्न प्रा. डा. माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।




