शिक्षकको पोशाक मत सर्वेक्षण केही समयपछि बन्द हुँदै

शिक्षकको पोशाकका विषयमा नेपाल शिक्षक महासंघले सामाजिक सञ्जालमा गरेको मत सर्वेक्षणको पछिल्लो नतिजाअनुसार सूटतर्फ मरुन प्रथम, फिका निलो द्वितीय, कालो तृतीय, गाढा खैरो चौथो स्थानमा पर्ने गरी मत परेको छ ।

त्यस्तैगरी सर्टतर्फ फिक्का निलो प्रथम, मरुन द्वितीय, रोयल ब्लु तृतीय, गुलाबी चौथो स्थानमा परेको छ । त्यस्तै साडीतर्फ निलो प्रथम, गुलाबी द्वितीय, मरुन तृतीय, कफी कलर चौथो स्थानमा परेको महासंघले जानकारी दियो ।

मत सर्वेक्षण केही समयपछि बन्द हुने हुँदा सरोकारवालालाई तत्काल आफ्नो मत हाल्न समेत महासंघले आग्रह गरेको छ । सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणका आधारमा शिक्षकको पोशाक परिवर्तन हुने हुँदा तत्काल शिक्षक महासंघको फेसबुक पेजमा गई मत हाल्न महासंघले आग्रह गरेको हो ।

पोशाक एक पटक परिवर्तन गरेपछि पुन परिवर्तन गर्न समस्या हुने हुँदा सबैलाई आफ्नो रोजाइको कलरमा भोट हाल्न महासंघले आग्रह गरेको हो । आज साझ सम्म गरिएको मत परिणामका आधारमा महासंघले मन्त्रालयसंग समन्वय गरी शिक्षकको पोशाक परिवर्तन गर्दै छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal