प्रावि तृतीय श्रेणीका  शिक्षक नियुक्तिका लागि सिफारिस

शिक्षक सेवा आयोगले  २०७८पुस  १४ मा गरेको  विज्ञापन अनुसार प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण सहित स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको हो ।

आयोगको चैत १ गतेको निर्णयानुसार नियुक्तिका लागि  सिफारिस गरेको छ ।

आयोगले १३ हजार ९३ जनाका लागि विज्ञापन गरेको थियो । प्रदेश १ मा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन गरेको थियो । 

 

 

Degrees offered in nepal
Counseling
Bachelors Portal