महासङ्घको प्रदेश धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेप

नेपाल शिक्षक महासङ्घद्वारा आयोजना गरिएको पूर्व घोषित धर्ना कार्यक्रममा भएको प्रहरी हस्तक्षेप प्रति महासङ्घले महासङ्घ घोर निन्दा तथा भर्त्सना गरेको छ ।

महासङ्घले आज आयोजना गरेको प्रदेश स्तरको धर्ना कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा भएको शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

महासङ्घले प्रहरी हस्तक्षेपगरी उपमहासचिव विजयराज पौडेल, महासङ्घ गण्डकी प्रदेश अध्यक्ष, शिरोमणी लामिछाने तनहुँ अध्यक्ष रामचन्द्र पोखरेल, कास्कीका सहअध्यक्ष महेन्द्रमणी पौडेल, मणिराम कँडेल, रमेश भट्टराई लगायत दुई दर्जनबढी लाई शिक्षककर्मचारी नेताहरुलाई गिरफ्तार गरी हिरासतमा लिएको घटना प्रति घोर भत्र्सना गरेको छ ।

महासङ्घ राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गरी शिक्षा ऐनमा प्रबन्ध भएको शिक्षककर्मचारीको आधिकारिक ट्रेड युनियनले आफ्ना न्यायोचित मागहरु राखी गरेको शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीको नेपाल शिक्षक महासङ्घ घोर निन्दा तथा भर्त्सना गरेको उल्लेख गरेको छ ।महासङ्घको चौथो चरणको आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार आज प्रदेश स्तरमा मुख्य मन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको थियो । सो पूर्व घोषित कार्यक्रम अनुसार महासङ्घले सातै प्रदेशको मुख्य मन्त्री कार्यलयमा धर्ना दिएको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal