पञ्चकन्या प्राविका प्रधानाध्यापकलाई स्पष्टीकरण माग

शंखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण पत्र लेखेको छ ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) विपरीत काम गरेको भन्दै स्पष्टीकरण माग गरिएको हो 

सो दफमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । आचारसंहिताको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३  को दफा २३ को उपदफा  (३) बमोजिम जरिबाना र  ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही गर्नु नपर्ने कारण सोधेको छ । पत्र प्राप्त भएको २४  (चौबीस)  घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय शंखुवासभामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न  निर्देशन दिएको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal