ईसीडी शिक्षक र विद्यालय कर्मचारीको उमेर हद कायम गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न निर्देशन दिएको छ ।

प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका परिचालिका तथा सहयोगी, कर्मचारी, अस्थायी शिक्षकको सेवामा रहने शिक्षकको अधिकतम उमेर हद ६० वर्ष कायम गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयलाई स्मरण गर्दै २०७८असोज ०८ को सचिवस्तरीय निर्णयअनुसार उमेरहद कायम गर्न गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाले आज एक सूचना जारी गरी सामुदायिक विद्यालयमा कार्यरत सहयोगी कर्मचारी, लेखामा काम गर्ने कर्मचारी, बालविकास शिक्षक तथा शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत करार तथा अस्थायी सेवाका कर्मचारीको उमेर हद कायम गराउन निर्देशन दिएका हुन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal