तत्काल प्रधानाध्यापक नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशन

काठमाडौं महानगरपालिका शिक्षा विभागले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रकृया अघि नबढाउन सबै विद्यालयलाई निर्देशन दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सरकारी विद्यालयका शिक्षकको दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कार्यविधि तर्जुमा अगाडि बढेको हुँदा उक्त कार्य नसकिञ्जेल स्थगित गर्न निर्देशन दिएको सूचना जारी गरेका छन् ।

‘कार्यविधि तर्जुमा अगाडि बढिरहेकाले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि प्रधानाध्यापकसम्बन्धी कुनै पनि प्रकृया अघि नबढाउनु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ। 

Degrees offered in nepal
Counseling
Bachelors Portal