प्रहरी हस्तक्षेपप्रति महासंघको आपत्ति

नेपाल शिक्षक महासंघले आज  शान्तिपूर्ण आन्दोलनमा  भएको प्रहार हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै  शान्तिपूर्ण विरोध, जुलुश, धर्ना र घेराउ गर्न पाउने पेसाकर्मीको संविधानप्रदत्त ट्रेड युनियन अधिकार माथिको हमला भएको ठहर  गरेको छ ।

‘शिक्षक(कर्मचारीमाथि भएको यस दमनको हामी भर्त्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘सबै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइते साथीहरुको सम्पूर्ण उपचारको प्रबन्ध गर्न तथा संवादद्वारा समस्या समाधान गर्न राज्य पक्षसँग आग्रह गर्दछौं ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal