विद्यालय कर्मचारीको तलव कायम गर्न महासङ्घसंग अपिल

नेपाल विद्यालय कर्मचारी परिषदले नेपाल शिक्षक महासंघ रष्ट्रिय समितिसंग आव २०७९–०८० को वार्षिक बजेटमा विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम गर्न पहल कदमी गर्न अनुरोध गरेको छ ।

परिषदले विद्यालय कर्मचारीहरूको (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी) हालसम्म नेपाल सरकारबाट उचित तलबमान कायम नभई झिनो अनुदानमा मात्र काम गर्नु पर्ने बाध्यता रहेकोले कायम गराउन पदल गर्न आग्रह गरेको हो ।

परिषद्, राष्ट्रिय समितिको हालै बसेको बैठकले नेपाल सरकारका सामुदायिक विद्यालयमा विगत लामो समय देखि कार्यरत विद्यालय कर्मचारीहरूको तवमान कायम गर्न गराउन महासंघ, राष्ट्रिय समितिलाई अनुरोध गर्ने निर्णय गरेको हुनाले उक्त कार्यका लागि गम्भिरता पूर्वक आवश्यक पहल कदमी गर्न अनुरोध गरेको परिषद्का अध्यक्ष गंगराराम तिवारीले जानकारी दिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal