माग पुरा नगरे दीक्षान्त समारोह गर्न नदिने चेतावनी

त्रिभुवन विश्वविद्यालयका कर्मचारीले आफ्ना ४५ बुँदे माग पूरा नभए  दक्षिान्त समारोह रोक्ने चेतावनी दिएका छन् ।

 त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले विज्ञप्ति जारी   गर्दै यस्तो चेतावनी दिएका हुन्  ।

विगतका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाहरुको यथावत प्राप्तिको सुनिश्चितताका लागि तीन दिनभित्र ठोस निर्णय नभएमा त्रिविका सम्पूर्ण निकायमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्दै त्रिविको दीक्षान्त समारोहलाई समेत प्रभावित पार्ने’ कर्मचारी संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संघले त्रिविसँग गत चैतमा भएको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

माग सम्बोधनका लागि त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष छत्रबहादुर कार्कीले सोमबार उपकुलपति प्राडा शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाएका थिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal