पढ्दै कमाउँदै कार्यक्रमका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई आग्रह

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि माघ २५ गते सम्म प्रस्ताव पठाउन विद्यालयलाई सूचित गरेको छ ।

केन्द्रले आज सूचना प्रकाशित गरी सबै शिक्षा विकास तथा समन्वय इकाइलाई कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ बमोजिम प्रस्तावना पेश गर्ने विद्यालयहरूको स्थानीय तहबाट सिफारिस सहित प्राप्त प्रस्तावनाहरूको निर्देशिकाको परिच्छेद ४ को दफा १५ बमोजिमको कार्यान्वयन सहजीकरण समितिबाट अनुसूची २ वमोजिमको मूल्याङ्कन फारममा मूल्याङ्कन सहित पेश गर्न सूचित गरेको हो ।

केन्द्रले यस अघि माघ एक गते गोरखापत्रमा प्रकाशित गरी २५ गतेसम्म यस केन्द्रमाअनुसूची २ बमोजिमको मूल्याङ्कन फारम प्रमाणित नभई प्राप्त प्रस्ताव उपर कुनै कारवाही नहुने व्यहोरा सहित आज पुनः सूचना जारी गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal