त्रिविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको आजको बैठकको निर्णय अनुसार पूर्व निर्धारित सबै परीक्षा भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञाका कारण परीक्षा सञ्चालन गर्न नसकिने हुँदा स्थगित गरिएको परीक्ष नियन्त्रण कार्यालयले भर्खरै एक सूचना जारी गरी जानकारी दिएको छ ।

त्यस्तै, पर्ख र हेरको रणनीति अपनाउँने भन्दै आएको पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालित भईरहेका र सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षा स्थगित गरेको छ । 

साथै, सम्पूर्ण परीक्षाहरु भोलिदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौलाले  आज जारी गरेको सूचनामा  उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal