त्रिविका परीक्षा यथावत सञ्चालन हुने, अन्य परीक्षा परिस्थिति अनुसार गरिने

त्रिभुवन विश्वविद्यालयको परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको  आजको बैठकले हाल सञ्चालन भइरहेको परीक्षा यथावत  सञ्चालन गर्ने निर्णय गरेको छ । हाल सञ्चालनमा  रहेका परीक्षमा विद्यार्थी संख्या न्यून भएका कारण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने  निर्णय गरेको हो ।

अहिले सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकोले नियमित गर्ने र अब हुने परीक्षाहरु भने स्थिति अनुसार विकल्पमा जान सक्ने गरी निर्णय  गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ पाँच गते सकिँदैछ । राष्ट्रिय परीक्षा बोर्डको हिजो कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरे संगै दवावमा  आएको त्रिविले भदौ पाँच सम्मको परीक्षा यथावत कायम गर्ने भएको हो ।

धेरै विद्यार्थी भएका संकाय र विषयको परीक्षा सकिइसकेको र बाँकी परीक्षा दिने विद्यार्थीको संख्या न्यून हुनुका  साथै दुई वर्ष सम्म सञ्चालन हुन नसकेको परीक्षा कतिपय विद्यार्थीको एउटा मात्र विषय बाँकी भएको हुँदा स्वास्थ्य सुरक्षाका  सावधानी अपनाएर सबै विद्यार्थीलाई मानसिक तनाव नलिई परीक्षामा  सहभागी हुन नियन्त्रक जोशीले आग्रह समेत गरे ।

Degrees offered in nepal
Counseling
Bachelors Portal