त्रिविको स्नातक तहको २८ गते सम्मको परीक्षा यथावत

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रुपमा सञ्चालन हुने जनाएको छ । स्नातक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेको हुनाले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने भएको हो ।

त्रिविले व्यवस्थापन संकायको परीक्षा हिजो नै सकिसकेको छ । भने, भोलि देखि विज्ञान र शिक्षाशास्त्र संकायको पनि भोलि सकिने र बाँकी ३० हजार विद्यार्थीको परीक्षा लिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा स्थघन गरेपछि समाजिक सञ्जालमा त्रिविको परीक्षामा के हुन्छ भन्ने विषय आम चासोको बनेको हुनाले आफूले आफ्नो सामाजिक सञ्जालको वालमा पनि स्नातक तहको परीक्षा स्थगित नहुने जानकारी दिइसकेको उनले बताए ।

त्रिविले  स्नातक तहको मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहेको अवस्था मा थोरै विद्यार्थी लाई लामो समयसम्म झुलाएर राख्नुभन्दा सबै स्वास्थ मापदण्ड पालना गरि आगामी २८ गते भित्र परीक्षा सञ्चालन गरी सक्ने उनले जानकारी दिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal