त्रिविद्वारा दुई सय शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान

त्रिभुवन विश्‍वविद्यालयले २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका शिक्षक तथा कर्मचारीलाई आज दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । गत वर्ष र यसवर्षका १ सय दुई जना प्राध्यापक र ९८ जना कर्मचारी गरी २ सय शिक्षक तथा कर्मचारीलाई मेडल तथा प्रमाणपत्रले सम्‍मान गरेको हो ।त्रिविले आज औपचारिक रुपमा आयोजना गरेको दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण समारोह–२०७८मा ८० प्रतिशत शिक्षक तथा कर्मचारीले पदक हस्तान्तरण गरेका छन् ।

पदक पाउने शिक्षकलाई चार आना सुन र एक तोला चाँदीले बनेको पदक र बधाईसहितको प्रमाणपत्र प्रदान गरेको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनले भने ‘म लगायत दुई सय जनाले पदक प्राप्त गरेका छौं ।’ करीब ८० प्रतिशतले आजै पदक तथा प्रमाणपत्र ग्रहण गरेको जोशीले बताए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal