त्रिविका शिक्षकको हिउँदे विदा रद्द

त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण शिक्षकको हिउँदे विदा रद्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) कारण त्रिविका कक्षा तथा परीक्षा स्थगित गरिएको र वर्तमान परिस्थितिमा कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविले शिक्षकहरुलाई दिँदै आएको हिउँदे विदाको व्यवस्था यो बर्षको लागि रद्द गरेको हो ।

वर्तमान असहज परिस्थितिमा शैक्षिक सत्र जोगाइ राख्न हालको परीक्षा समयमै सम्पन्न गर्ने एवं अर्को बर्ष सेमेष्टरको बाँकि पढाई सम्पन्न गरी परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले विदा रद्द गरिएको रजिष्ट्रारको कार्यालयले जानकारी दियो ।

सो कार्यालयका अनुसार बन्द अवस्थामा रहेका क्याम्पस विभाग, स्कूलहरुको प्रत्यक्ष कक्षा स्थानिय निकायले तोकेको समयसीमा र मापदण्ड अनुसार सञ्चालन गरिने भएको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्न र संक्रमण बढी भएका स्थानमा अन्य वैकल्पिक विधिको प्रयोग गरी कक्षा सञ्चालनको व्यवस्था गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal