सीटीईभीटीका परीक्षासहित सबै कार्यक्रम स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले हाल विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारी नेपालमा समेत फैलिएको हुँदा हाल सञ्चालन भईरहेको सम्पूर्ण तहको परीक्षा तथा तालिम स्थगित गरेको छ ।

सीटीईभीटीले पछिल्ला दिनमा काठमाडौं उपत्यकामा संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा सरकारको निर्णय अनुसार सबै कार्यक्रम स्थगित गरेको हो ।

राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान लगायत देशभर हाल संचालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालीम कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मको लागि स्थगित सीटीईभीटीले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal