रु.६ करोड खर्च गरेर अभिभावकलाई तालिम   (पुस्तिका सहित)

चालु आव २०७९–०८०मा पाँच करोड अन्ठाउन्न लाख बाह्र हजार रकम खर्च गरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरूका दुईदिने क्षमता विकास कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावकसंघ अध्यक्षलाई सहभागी गराएर तालिम सञ्चालन गर्न लागेको हो ।

उक्त तालिम सञ्चालनका लागि स्थानीय तहमा २७ हजार ९०६ विद्यालयका लागि जम्मा ५५ हजार ८१२ जना सहभागी हुने गरी वित्तीय हस्तान्तरण भएको  केन्द्रले जानकारी दियो ।

विनियोजित बजेट अप्राप्त भएमा स्थानीय तहबाट बजेटमा साझेदारी गर्न सकिने व्यवस्था शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९–८० मा उल्लेख छ ।

उक्त कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले  केन्द्रले सहजीकरण पुस्तिका विकास  गरेको छ ।

विद्यालय व्यवस्थापन समिति एवम् अभिभावक संघको क्षमता विकास सहजीकरण पुस्तिका, २०७९

 

Degrees offered in nepal
Counseling
Bachelors Portal