त्रिविबाट इन्जिनियरिङ अध्ययन गर्नेले भदौ १९ गतेभित्र आवेदन दिनुपर्ने

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०–८१ का लागि बीई र बीआर्कमा भर्नाका लागि प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।  इच्छुक विद्यार्थीले अनलाइन मार्फत भदौं ५ गते बिहान १० बजेदेखि १९ गते साँझ ५ बजेसम्म भित्र आवेदन दिइसक्नु पर्ने छ ।

त्रिवि सम्बद्ध आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालित विभिन्न १२ ओटा कार्यक्रमहरूमा इन्जिनियरिङ अध्ययनका लागि आवेदन माग गरेको हो ।

विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा भादौं २५ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र, पुल्चोक, ललितपुर र पश्चिमाञ्चल क्याम्पस पोखरामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी तोकिएको स्थान, समय र शिफ्ट अनुसार सञ्चालन गरिने सूचना सार्वजनिक गरेको छ ।

त्रिविवा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्गको कम्तिमा ४५ प्रतिशत तथा राष्ट्रिय परीक्षा बोर्डको ग्रेड अनुसार न्यूनतम सी गे्रड प्राप्त गरी उत्तीर्ण गरेका वा कक्षा १२ वा सो सरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैठों सेमेष्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले समेत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal