शैक्षिक सत्र २०७९–८० मा डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्नेले असोज ३१ सम्पर्क गर्नुपर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९–८० का लागि डिप्लोमा तथा प्रमाणपत्र तह अन्तर्गतका विभिन्न कार्यक्रममा भर्नाका लागि असोज ३१ गते सम्बन्धित शिक्षालयमा दर्ता गराउन निर्देशन दिएको छ ।

इच्छुक परीक्षार्थीहरूले  प्रवेश पत्रको प्रतिलिपि र परिषदको वेबसाइटमा राखिएको नतिजा सिट संलग्न राखी निवेदन दर्ता गराउनु निर्देशन दिएको छ ।

प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूतर्फ अध्ययनका लागि मुलुकभरिका अन्य प्रदेशका सोही कार्यक्रममा भर्ना सिफारिस भई उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरू मात्र योग्य हुने सूचनामा उल्लेख गरिएको छ ।

मुख्य परीक्षार्थीको रूपमा अन्य शिक्षालयमा सिफारिस गरिएका परीक्षार्थीहरूलाई यस भर्ना कार्यक्रममा समावेश नगराइने  सूचनामा उल्लेख गरिएको छ ।

पूर्ण शुल्कीय कोटाहरूमा पूर्ण शुल्कीय तर्फको परीक्षार्थी नभई कोटा खाली रहन गएको खण्डमा मात्र वर्गीकृत (निःशुल्क)छात्रवृत्तिको उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीलाई योग्यता क्रमानुसार भर्ना गर्न परिषद्ले आफ्नो मातहतका शिक्षालयलाई निर्देशन दिएको छ ।

भर्ना सम्बन्धी निर्देशिका २०७९ बमोजिम पूर्ण शुल्कीय तर्फका कोटाहरूको बाँडफाँट गरी मुख्य र उत्तीर्ण सूचीको छनोट गरी परिषद् प्रदेश कार्यालयले भर्ना सिफारिस तथा नतिजा प्रकाशन गर्ने सूचनामा उल्लेख गरिएको छ । वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाको हकमा सम्बन्धित परिषद्को प्रदेश कार्यालयले शैक्षिक सत्र २०७९–८० का लागिभदौ १८ गते लिइएको सम्बन्धित प्रदेशको कार्यक्रममा वर्ग कोटाको वैकल्पिक–पासलिस्ट उम्मेदवारहरूबाट योग्यता क्रमानुसार छनोट गरी मुख्य परीक्षार्थीको रूपमा सिफारिस  गर्नुपर्ने छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal