प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

 

प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत पेस गरेका थिए ।

बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगनकुमार थापा, दवेन्द्र पौडेल, विद्या भट्टराई, ज्ञानु बस्नेत सुवेदी, शिशिर खनाल, राजेन्द्रप्रसाद लिङ्देन, अमृतलाल राजवंशी, सरिता भुसाल, ठाकुरप्रसाद गैरे, विराज भक्त श्रेष्ठ, सुमना श्रेष्ठ लगायतले भाग लिएका थिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal