त्रिविको समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्छः सांसद् प्रधान

संघीय सांसदमा त्रिभुवन विश्वविद्यालयमा उत्पन्न समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने सांसद्हरूले आवाज उठाएका छन् । सांसद्को आजको बैठकमा बोल्दै सांसद भीमसेनदास प्रधानले त्रिविमा शिक्षक विद्यार्थी लगायत सम्पूर्ण तहमा देखिएको समस्या राजनीतिक तवरले समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘त्रिविमा विद्यमान समस्या राजनीतिक रूपमा समाधान गर्नुपर्छ’ नेपाली कांग्रेसका सांसद प्रधानले भने, ‘प्राध्यापकदेखि विद्यार्थीसम्म विवाद छ, यो विवाद राजनीतिक तहबाटै समाधान गरौँ।’

सांसद प्रधानले समस्या समाधानका लागि सभामुखलाई नेतृत्व लिन पनि आग्रह गर्दै भने, ‘२०४८ पछि त्रिवि भागबण्डामा चल्दै आएको छ, यसअघि राजनीतिक दलको सहमतिका आधारमा विश्वविद्यालय सञ्चालन हुँदै आए पनि पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले त्यसको उल्लंघन  गर्यो ।’उनले भने, ‘त्रिविलाई सहमतिका आधारमा चलाउन एमाले नेता सुवास नेम्बाङ र कांग्रेसका नेता रमेश लेखकबीच भएको सहमति कार्यान्वयन हुन सकेन।’

कहिले एक पक्षले ताला लगाउने र कहिले अर्को पक्षले ताला लगाउने गर्दा विश्वविद्यालयको गरिमा खस्किएकोमा उनले चिन्ता व्यक्त गरे।

Degrees offered in nepal
Counseling
Bachelors Portal