अनियमितता गर्नेमा शिक्षा क्षेत्र दोस्रो स्थानमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरूमा शिक्षा सम्बन्धी दोस्रो स्थानमा परेका छन् । अख्तियारले राष्ट्रपति समक्ष बुझाएको उनन्तीसौं वार्षिक प्रतिवेदन अनुसार वर्षभरिमा परेको मुद्दाका आधारमा शिक्षा सम्बन्धी मुद्दा दोस्रो स्थानमा परेका हुन् । आर्थिक वर्ष २०७५-०७६ मा परेका कुल २४ हजार ८५ उजुरीहरू मध्ये १ हजार ४२१ शिक्षा संग सम्बन्धित मुद्दा परेका छन् ।

अख्तियारमा परेका मुद्दाहरू मध्ये ८८ वटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दा  परेका छन् । त्यस्तै अन्य मुद्दामा गलत लिखत वा प्रतिवेदन दिने, कागजात सच्याउने वा नोक्सान गर्ने, परीक्षाको परिणाम फेरबदल गर्ने वा गोपनीयता भङ्ग गर्ने, गैरकानूनी रूपमा सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्ने, मुद्दा बढी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संघीय मामिलासँग २६.८७ प्रतिशत मुद्दा परी पहिलो स्थानमा छ भने १६.९५ प्रतिशत शिक्षा क्षेत्रमा अनियमितता भएको पाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ ख.को उपदफा (२) बमोजिम भ्रष्टाचार रोकथाम तथा सचेतना अभिवृद्धिका लागि आयोगले सञ्चालन गरेका निरोधात्मक एवं प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत सामुदायिक शिक्षा कार्यक्रममा ५९ जिल्लाका ८१ विद्यालयका ७ हजार ९९० विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal