ज्ञानोदयमा बाढी पस्दा पठनपाठन अवरुद्ध

ज्ञानोदय मावि बाफलमा बाढी पसेपछि मंगलबार पठनपाठन बन्द गरिएको छ।

सोमबार राति परेको अविरल वर्षाका कारण मनमती खोलामा आएको बाढी विद्यालय परिसरमा पसेको विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरेले  जानकारी दिइन्।

बाढीसँगै हिलो, लेदो पसेको कारण तल्लो तलका १७ वटा कोठा पूर्ण रूपमा डुबानमा परेको छ । उनका अनुसार ती कोठामा कक्षा सञ्चालन हुन नसकपछि पठनपाठन बन्द गरिएको हो।

विद्यार्थीको अत्याधिक चाप रहे पनि भौतिक पूर्वाधार बन्न नसक्दा विद्यालयले अनेकौँ समस्या भोग्दै आएको  छ।

उनले भनिन्, ‘मनमतीमा आएको बाढीले बर्सेनि दुःख दिँदै आएको छ। बाढी रोक्नका लागि बलियो पूर्वाधार बनाउन विद्यालयसँग बजेट पनि छैन।’ खोलामा तटबन्ध निर्माण र विद्यालयमा थप भवन निर्माणका लागि तीनै तहका सरकारसँग अनुनय गरिए पनि समस्या समाधान हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal