सर्वोच्चद्वारा सातौं पटक पाठ्यक्रम प्रारुप सम्बन्धी पेसी स्थगित

सर्वोच्च अदालतले  विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध मुद्दाको पेसी आज सातौं पटक स्थगित गरेको छ । पछिल्लो पटक आज सुनुवाइ गर्ने सूचना जारी गरेर स्थगित गरेको पेसी आज पुनः स्थगित गरेको हो ।

गत कार्तिक १९ गते सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ लाई कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेर पेसीका लागि मिति मात्र सातौं पटक तोके पनि मुद्दाको पैरवीका लागि भने समय निकाल्न सकेको छैन ।

पछिल्लो पटक आजलाई तय गरिएको पेसी पुनः स्थगित गरिएको  संगै यसको छिनोफानोको पर्खाईमा बसेका लाखौं विद्यार्थी मर्कामा परेका छन् ।

भगवता अर्याललगायतका समूहले गत असोज २८ गते दर्ता गराएको सो मुद्दाको पेसीसम्म हुन सकेको छैन । सर्वोच्चले असोजदेखि पेसीको तारिख मात्रै तौक्दै आएको छ । असोज ३० को पेसी सारेर कार्तिक २६, मंसिर ४, मंसिर २४ बाट फेरी पुस ६ गतेबाट १३ गतेलाई पेसी तारेख सारिएको थियो । यो विषयलाई समान्य मानेर अल्झाउँदै गए भोलिका लागि कोभिड –१९ भन्दा घातक हुने विज्ञको तर्क छ ।

गणित समर्थक हरुले पाठ्यक्रम प्रारुप, २०७६’ ले गणितलाई अनिवार्य विषयको सूचीबाट हटाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि पाठ्यक्रम कार्यन्वयनमा देखिएको अन्योलले अझ गति लियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal