कोभिडले उच्च शिक्षा पुरा गर्न नसकेका विद्यार्थीले २५ गते भित्र आवेदन दिनुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई चैत्र २५ गते मन्त्रालयमा आवेदन दिन निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गरी कोभिड-१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई निर्धारित समयमा आवेदन दिन निर्देशन दिएको हो ।

विद्यार्थीहरूले मन्त्रालयको सूचना पाटी वा वेवसाइटमा राखिएको निवेदनको ढाँचामा उल्लिखित विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेल technicaleud@moest.gov.np मा निवेदन दिन निर्देशन दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal