त्रिविका ५२५ क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिने

 

त्रिभुवन विश्वविद्यालयले सम्बद्ध शैक्षिक संस्थामा ब्रोडव्याण्ड इन्टरनेट पुराउने विषयमा नेपाल दुरसञ्चार प्राधिकरणसंग सम्झौता गरेको छ । 

ग्रामीण दुरसञ्चार विकास कोषमार्फत् विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट पुराउने गरी सम्झौत भएको हो ।

समझादारी पत्रमा उल्लेख भएअनुसार प्राधिकरणले त्रिविका ५ सय २५ क्याम्पसहरुमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिदिने भएको छ । समझदारी पत्रमा त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहाल र प्राधिकरणको तर्फवाट अध्यक्ष पुरुषोत्तम खनालले हस्तक्षर गरेका छन् ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडा, त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका निर्देशक प्राडा सुवर्ण शाक्य, केन्द्रकै विज्ञ रोमकान्त पाण्डे, नेपाल पव्लिक संघको अध्यक्ष शिवराज सञ्जेल, त्रिवि रजिष्ट्रार कार्यलयका प्रमुख नविन्द्र प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal