एसईई नतिजा २०७८ प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।   

https://see.edusanjal.com/ मा आफ्नो एसईई नतिजा  हेर्नुहोस्

पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। तीमध्ये ११ हजार ४५४ विद्यार्थी विगत दुई वर्षदेखिको ग्रेड सुधार परीक्षामा सहभागी भएका थिए । भने, १४ हजार ५६४ विद्यार्थी प्राविधिक धारका विद्यार्थी भएको बोर्डले जानकारी दियो ।  गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।  एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी अनुपस्थित भएका थिए । ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।

आज प्रकाशित नतिजाअनुसार , ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्। ०.१ देखि १.२ जीपीएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो। यस्तै ‘पहिलेभन्दा नतिजा फरक छैन, सन्तोषजनक नै छ,’ उनले पत्रकारहरूसँग भने, ९० नम्बर ल्याउने र १०० नम्बर ल्याउनेको एउटै ग्रेड हुन्छ। उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था छैन।’

आफ्नो नतिजा हेर्न  यहाँ किलक गर्नुहोस्ः:

https://see.edusanjal.com/

Degrees offered in nepal
Counseling
Bachelors Portal