विद्यालय बन्दको चेतावनी

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन हालै सम्पन्न भएको छ । सम्मेलनले दुई बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

आन्दोलन र सांगठनिक गतिविधिका बारेमा घोषणापत्रमा उल्लेख गरिएको छ । परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगद्वारा जारी गरिएको विज्ञप्तिमा फागुन १५ गतेदेखि मसान्तसम्म स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने, चैत १–७ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षणपत्र बुझाउने, चैत १५ गतेसम्म सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र चैत २१ गते सङ्घीय सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाउने उल्लेख छ ।

सो अवधिमा पनि आफ्ना माग सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्दको चेतावनी दिइएको छ ।

त्यस्तै कर्मचारीको सेवा सुविधा प्राप्तिका लागि स्थानीय तहस्तरीय कमिटीलाई सुदृढीकरणका कार्यक्रम अगाडि बढाउने घोषणापत्रमा उल्लेख छ ।

देशभर कार्यरत ३४ हजार ८५० जना विद्यालय कर्मचारीको तलब वृद्धि लगायतका माग गरिँदै आएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal