अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

“अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्,  “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो ।”

उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो

Degrees offered in nepal
Counseling
Bachelors Portal