त्रिविको एमबीएस र एमपीएको परीक्षा तालिका संशोधन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित मास्टर अफ विजनेस स्टडी (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) को परीक्षा तालिका संशोधन गरेको छ ।

आगामी असार आठ गतेदेखि १६ गते सम्म परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका संशोधन गरेको छ । यसअघि जेठ ९ गते प्रकाशित परीक्षा तालिकामा  संशोधन गर्दै आज पुनः नयाँ तालिका सार्वजनिक गरेको हो ।

यी कार्यक्रममा २०७६ साल (सन २०२०) मा प्रथम सत्रमा  भर्ना भएका नियमित तथा सन् २०२० अघि नै भर्ना भएका तेस्रो सत्रको नियमित परीक्षामा अनुपस्थित तथा अनुत्तीर्ण भएका आंशिक परीक्षार्थीहरुको लागि यो संशोधित तालिका सार्वजनिक गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal