केन्द्रद्वारा विद्यालयको प्रगति विवरण माग (नमुना विद्यालय छनोटका आधारसहित)

नमुना विकासका लागि छनोट भएका विद्यालयले आफ्नो प्रगति विवरण शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा पेश गर्नु पर्ने भएको छ ।

छनोटमा परेर अनुदान पाइरहेका सबै विद्यालयले विद्यालयको वर्तमान अवस्थाको बारेमा केन्द्रमा जानकारी गराउनु पर्ने भएको हो ।छनोटमा परेका सबै विद्यालयलाई विद्यालयमा रहेको विज्ञान, कम्प्युटर प्रयोगशालाको व्यवस्थापन, कार्यान्वयन, पुस्तकालयको अवस्था, अंग्रेजी, गणित तथा विज्ञानका किटको अवस्था र कक्षा ११ तथा १२ मा विज्ञान विषयको  पठनपाठनको अवस्थाका बारेमा प्रगति विवरण माग गरेको छ ।

केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका शाखा अधिकृत विष्णुप्रसाद अधिकारीद्वारा हस्ताक्षरित पत्रमा सबै विद्यालयले केन्द्रको इमेल ठेगानामा यही फागुन २० गतेभित्र उक्त विवरण पठाउनुपर्ने उल्लेख गरिएको छ ।

जानकारीको लागि नमुना विद्यालय छनौटका आधारहरु

Degrees offered in nepal
Counseling
Bachelors Portal