त्रिवि सेवा आयोग अध्यक्षका लागि आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । सिफारिस समितिको सचिवालयले आज अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।

सिफारिस समितिको भदौ २७ को निर्णय अनुसार त्रिवि सेवा आयोगको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि  योग्यता तथा आधारहरू पुरा भएका इच्छुक नेपाली नागरिकहरूबाट चना प्रकाशित भएको मितिबाट सात ९७० दिनभित्र निवेदन पेस गर्न सूजना जारी गरेको छ ।

छनोटको किसिम र मुल्याङ्कनको आधार

 उम्मेदवारको व्यक्तिगत विवरण र स्वीकृत कार्यविधि बमोजिम अङ्कभार निर्धारण गरी सिफारिसका लागि उम्मेदवारको छनोट गरिने सूचनामा उल्लेख छ।

शैक्षिक योग्यता र पदीय दायित्व,  प्रशासनिक दक्षता र कार्य अनुभव, तालिम, कृतिरलेखररचना प्रकाशन,  प्रशंसा, पदक र पुरस्कारका आधारमा अध्यक्ष छनाट गर्ने छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह र सो भन्दा माथिको उपाधि उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्छन् ।

नेपालको विश्वविद्यालय तहमा प्राध्यापन र अनुसन्धान कार्य गरेको नियुक्ति पत्रको प्रतिलिपि तथा विवरणसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal