राहात शिक्षक अस्थायी होइनन्

शिक्षक दरबन्दी मिलानका क्रममा राहात कोटामा कार्यरत शिक्षक अस्थायी नभएकाले सोही अनुसार निर्णय कार्यान्यवयन गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको छ । मन्त्री परिषद्को निर्णयअनुसार केन्द्रले इकाइलाई पत्राचार गरेको हो ।

शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ (च) को उपदफ (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित अस्थायी शिक्षक भन्नाले राहात शिक्षकलाई नबुझाउने राहात कोटामा कार्यरत शिक्षकको हकमा सो ऐनको ११ चको उपदफ (१०) आकर्षित नहुने भएकाले केन्द्रले इकाइलाई सो निर्णय कार्यान्वयन गराउन पत्राचार गरेको हो ।

मन्त्री परिषद्को निर्णय अनुसार सबै जिल्लालाई सो निर्णय कार्यान्वयनका लागि अनुरोध सहितको पत्राचार गरिएको केन्द्रका शाखा अधिकृत रामचन्द्र शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal