मावि शिक्षक नियुक्तिका लागि सिफारिस

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट माग भएका रिक्त पदमा आयोगले लिएको विभिन्न चरणको परीक्षा पछि नियुक्तिका लागि छनोट भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले गत पुस ८  गते  प्रकाशित  गरेको विज्ञापन अनुसार  शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको माध्यमद्वारा लिखित परीक्षा र अन्तर्वार्ता समेतबाट सातओटै प्रदेशका लागि छनोट गरिएका कुल ४३७ जना उम्मेदवारहरूलाई शिक्षा ऐन (संसोधन सहित)  २०२८ को दफा ११ ख (१)  तथा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ बमोजिम  सिफारिस गरेको छ ।

आयोगले नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३७ रिक्त पदका लागि विज्ञापन गरेको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal