विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्न सकिने (आचारसंहिता सहित)

विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्नका लागि क्वारेन्टाइन सञ्चालक र विद्यालयकाविच सहमति हुनु पर्ने भएको छ ।

नेपाल सरकारबाट कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ मा यस्तो व्यवस्था गरिएको हो ।

विश्वव्यापी रुपमा संक्रमण फैलिइ रहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभित्रका विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्न सक्ने तर सञ्चालकले विद्यालयको भौतिक सम्पत्तिको संरक्षण गर्नुपर्ने भएको छ ।

विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्नका लागि विद्यालयको सम्पत्तिको सुरक्षा, विद्यालयको भौतिक सम्पत्तिमा क्षति पुगेमा उचित किसिमको क्षतिपुर्तिको व्यवस्था, विद्यालयको रङ्गरोगन तथा शैक्षिक सामग्रीमा क्षति पुर्याउन नपाइने लगायतका विभिन्न १२ बुधे आचार संहिता मापदण्डले निर्दिष्ट गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दियो ।

आचार संहिता हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Degrees offered in nepal
Counseling
Bachelors Portal