निजी विद्यालयले आवास शुल्क बाहेक अन्य शुल्क छुट दिनुपर्ने

निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारका शुल्क छुट दिनुपर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण प्रभावित क्षेत्रलाई तत्काल राहात प्रदान गर्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

मन्त्री परिषद्को निर्णय कार्यान्वयन कार्ययोजना, २०७६ ले निजी विद्यालयसम्बन्धी यस्तो व्यवस्था गरेको हो । मन्त्री परिषद्को यो कार्ययोजना चैत्र मसान्तभित्र कार्यान्वयन गर्न गराउनका लागि समन्वय गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal