निजी च्यानललाई कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ प्रशारण गर्न अनुरोध

देशभरका निजी प्रसारण संस्थाहरूले टेलिभिजन च्यानलले कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ निशुल्क प्रशारण गर्न पाउने भएका छन् । कोभिड १९ का कारण भौतिक रुपमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा वैकल्पिक माध्यमबाट शिक्षण शिक्षण कार्य सूचारु राख्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निजी टेलिभिजनले श्रव्यदृश्य पाठ प्रसारणका लागि निवेदनसहित सम्पर्क गर्न अनुरोध गरेको हो ।

इच्छुक च्यानलले असोज १५ गतेभित्र निवेदनसहित सम्पर्क गर्नका लागि केन्द्रले यस अघि नै सूचना जारी गरिसकिएको निर्देशक माधवप्रसाद दाहालले बताए ।

विद्यार्थीको भौतिक उपस्थितिमा शिक्षण सिकाइ कार्य अवरुद्ध भइरहेको अवस्था विद्यार्थीको सिकाइलाई निरन्तरता दिन केन्द्रले विद्यालय शिक्षा कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठहरू उत्पादन गरी सरकारी तथा निजी टेलिभिजन च्यानलहरूमार्फत प्रसारण गर्ने कार्यलाई अझ व्यापक बनाउन आवेदन माग गरेको निर्देशक दाहालले जानकारी दिए विद्यार्थीहरूको श्रव्यदृश्य सामग्रीमा पहुँच अभिवृद्धि गरी शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिनका लागि इच्छुक नयाँ निजी टेलिभिजन प्रसारण संस्थाहरूले आफ्नो च्यानलबाट केन्द्रद्वारा उत्पादन गरिएका श्रव्यदृश्य पाठहरू निःशुल्क रूपमा प्रसारण गर्न पाउने निर्देशक दाहालले बताए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal