विपन्न लक्षित छात्रवृत्तिका लागि तीन लाख भन्दा बढीको आवेदन (आवेदन दिने विद्यालयसहित)

विपन्न लक्षित छात्रवृत्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ लाख ३ हजार ४ जना छात्राछात्रले आवेदन दिएका छन् ।

कक्षा ८ र १० अध्ययनरत छात्राछात्रले केन्द्रमा विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन दिएका हुन् । आवेदन दिनेमा कक्षा ८ का १ लाख ६१ हजार ८०५ जना र कक्षा १० का १ लाख ४१ हजार १९९ जनाले आवेदन दिएका हुन् ।

आर्थिक वर्ष २०७६–७७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको सहकार्यमा नेपालभरका सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७४ देखि यो छात्रवृत्ति प्रदान गर्दै आएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शाखाका शाखा अधिकृत मनुजा बरालले जानकारी दिइन् ।

‘यो छात्रवृत्ति अन्य भन्दा फरक छ , २०७४ सालमा २५ जिल्लामा र ०७५देखि ७७ जिल्लाका विपन्न लक्षित कार्यविधिअनुसार प्रदान गर्दै आएको छ ।’ उनले भनिन्, विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन कार्यविधि, २०७४ अनुसार कक्षा ९ र १० का विद्यार्थीलाई रु. ६ हजार, कक्षा ११–१२ मा विज्ञान पढ्नेलाई रु.२४ हजार र ११–१२ मा अन्य विषय पढ्नेलाई रु. १८ हजार छात्रवृत्ति प्रदान गरिन्छ ।’

यो छात्रवृत्ति पीएमटी फारमका आधामा छनोट भएका विपन्नलाई प्रदान  गरिने छ ।  ‘कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न  विषम परिस्थितिका बाबजुद आवेदन दिन बाँकी  विद्यालयले चैत्र २० गते भित्र निर्धारित प्रक्रिया पुरा गरी फारम भर्नु पर्नेछ ।’ उनले भनिन्, ‘पीएमटी फारमका आधारमा छनोटमा परेका विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरिने छ ।’

आवेदन फारम भर्ने  विद्यालय र विद्यार्थी संख्या हेर्न यहाँ क्लिक गर्नुहोस्ः 

 

Degrees offered in nepal
Counseling
Bachelors Portal