निर्देशिका अनुसार भर्ना भएका विद्यार्थीले मात्र रजिस्ट्रेशन फारम भर्न पाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को प्रि–डिप्लोमा तहमा प्रवेश तथा पुनः प्रवेशबाट अनुमति पाएका प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७७ बमोजिम भर्ना भएका विद्यार्थीले मात्र रजिस्ट्रेशन फारम भर्न पाउने भएका छन् ।

सीटीईभीटीले आज जारी गरेको सूचनामा २०७७–७८ का लागि भर्ना अनुमति पाएका शैक्षिक संस्थाले निर्देशिका अनुसार पढ्दै आएका विद्यार्थीले मात्र रजिस्ट्रेसन फारम भर्न पाउने उल्लेख गरेको छ ।

परिषद् मातहतमा अध्ययनरत विद्यार्थीले रजिस्ट्रेसन फारम माघ १८ गते भित्र भरिसक्नु पर्ने छ । सो सूचनामा माघ १६ देखि २७ गते भित्र नियमित शुल्कमा र माघ २७ देखि फागुन ३ गते भित्र अबिलम्ब शुल्कमा रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने छ । विद्यार्थीको फारम परिषद् अन्र्तगतका प्रदेश कार्यलयहरुमा बुझाउन सबै शिक्षण संस्थाहरुलाई परिषद्ले निर्देशन दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal