नुवाकोटको एक क्याम्पसको अनलाइन कक्षा निषेधाज्ञाका कारण स्थगित

नुवाकोटको आदर्ष बहुमुखी क्याम्पसले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण देखाउँदै अनलाइन कक्षा नै स्थगित गरेको छ ।

कामु क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेले आज एक सूचना जारी गरी भोलिदेखि २७ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हुनाले उक्त अवधिमा अनलाइन कक्षा स्थगित गरिएको उल्लेख गरिएको छ ।

क्याम्पसले विद्यार्थीको सिकाइलाई भन्दा बहानालाई प्राथमिकता दिएर अनलाइन कक्षा स्थगित गरेको विद्यार्थीहरुको आरोप छ । ‘क्याम्पस प्रशासनलाई हाम्रो सिकाइसंग सरोकार छैन ।’ सो क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले भने,‘हाम्रो भविष्यसंग प्रत्यक्ष सरोकार भएको भए घरको सानो कोठाबाट सञ्चालन गर्न सकिने अनलाइन कक्षा स्थगित गर्नुपर्ने कारण थिएन, अहिले थोरै मात्र विद्यार्थीसंग अनलाइनको पहुँच छैन ।’

 

 

Degrees offered in nepal
Counseling
Bachelors Portal