नास्टले प्रति प्रस्ताव १० लाख रुपियाँ अनुदान दिने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले आम नेपालीको समस्यालाई सम्बोधन गरी समाधान दिने प्रस्ताव लेखकलाई रु. १० लाख अनुदान दिने भएको छ । प्रस्ताव लेखनका लागि शैक्षिक योग्यताको कुनै बन्देज नभएपनि प्राथमिकताका क्षेत्र भने निर्धारण गरेको छ ।

कृषि प्रविधि तथा यान्त्रिकीकरण, खाद्य प्रविधि, सूचना प्रविधि, उर्जा तथा यातायात प्रविधि, सहरी विकास प्रविधि, उदियमान प्रविधि, प्राकृतिक श्रोत साधनको उपयोग सम्बन्धि प्रविधि, वातावरण एवं जलवायु परिवर्तनको क्षेत्रमा विद्यमान समस्याहरुको सामाधान गर्ने खालका प्रस्तावको लागि नास्टले सो अनुदान दिने भएको हो ।

प्रस्ताव पेश गर्ने सम्बन्धमाः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट) ले सूचना जारी गरी यस्तो जानकारी दिएको हो । छनौटमा परेका प्रस्ताव लेखकले यस आर्थिक वर्षको अन्तिममा प्रस्ताव लेखि सक्नु पर्ने नास्टले जानकारी दियो ।

प्रतिष्ठानको कार्यविधि अनुसार छनौटमा परेका निवेदकहरूलाई छनौट गरी प्रस्तावक संख्या निर्धारण गरिने नास्टले जानकारी दियो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal