विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न मन्त्रालयको अनुरोध

कक्षा १२ र सो भन्दा माथिका विभिन्न तहका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गरी कोभिड १९ विरुद्धको खोप लगाउने कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय एवम् सहजीकरण गर्न सम्पूर्ण शैक्षिक संस्था तथा सरोकारवालाहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयको अनुरोधमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तोकिएका विभिन्न खोप केन्द्रहरूमार्फत खोप सेवा लिन अनुरोध गरेको हो । परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विभिन्न विश्वविद्यालयहरू तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेश पत्र सहित तोकिएको नजिकको खोप केन्द्रबाट खोप सेवा लिन आज एक सूचना जारी गरी अनुरोध गरेको हो ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal