प्राविधिक शिक्षामा स्वीजरल्याण्ड सरकारसंग निरन्तर सहयोग गर्न शिक्षा मन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीजरल्याण्ड सरकारसंग प्राविधिक शिक्षाको विकास र विस्तारका लागि निरन्तर सहयोग गर्न आग्रह गरका छन् ।

स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरसंग आज शिष्टचार भेट गर्दै मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । ‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं,’ मन्त्री पौडेलले भन्नुभयो,‘ यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षा समेत गरेको छु ।’

भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायिक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानुन पारित गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायिक शिक्षामा छन्,’ उनले भने, ‘उनीहरु त्यहाँबाट सिधै रोजगारीमा केन्द्रित हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानुन निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal