क्याम्पस मर्ज गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले क्याम्पस मर्ज गर्ने योजना कार्यान्वयन गर्ने भएको छ । त्रिवि योजना निर्देशनालयले पूर्ण रुपमा एक आपसमा समायोजन हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसलाई असार मसान्त भित्र आवेदनदिन सूचना जारी गरेको छ । 

नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुई भन्दा बढी क्याम्पसहरू पूर्ण रुपले एक आपसमा समायोजन हुने चाहने क्याम्पसहरूबाट निवेदन माग गरेको हो ।समायोजन हुन चाहने क्याम्पसले आफ्नो क्याम्पस सभामा वा सञ्चालक समितिबाट निर्णय गराई असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्नुपर्ने छ ।

समायोजन गर्दा कुनै पनि शुल्क नलाग्ने त्रिविले जनाएको छ ।एकीकरण हुने क्याम्पसहरूको बेग्ला बेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र सहमति हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिद सहित अन्य कागजातका प्रतिलिपिहरु पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal