विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राख्न मन्त्तीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई विद्यालय शिक्षा विधेयकको छलफलमा प्राथमिकता कायम गरी छलफल अगाडि बढाइ दिने पत्राचार गरेकीछिन् ।

मन्त्रालयबाट दर्ता भई तहाँ समितिमा छलफलको क्रममा रहेका विधेयकहरुमध्ये ूविद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पहिलो प्राथमिकतामा राखी छलफल अगाडि बढाउन अनुरोध गर्दै पत्राचार गरेकीहुन् ।

मन्त्री श्रेष्ठले पत्राचार गर्दै  नेपालको संविधानले परिकल्पना गरे बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको स्वीकृति पश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत भदौ २७ गते  संघीय संसदको प्रतिनिधि सभामा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भई हाल शिक्षा। स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको स्मरण गराएकीछिन् ।

विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएको र यो विधेयक अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय तहसहितको तमाम सरोकारवालासँग सम्बन्धित रहेकोले यस प्रँथमिकता दिन आग्रह् गरेकीहुन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal