सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

घोराही, १६ असोज (रासस)ः सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । 

घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उहाँले बताउनुभयो । सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उहाँको भनाइ छ । 

सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई रु २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई रु ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई रु तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई रु पाँच लाखसम्म कर्जा दिने भएको छ । सो कर्जा दिनका लागि सहकारीले रु ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताउनुभयो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal