मावि लाइसेन्सको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गत कात्तिक १० गते सञ्चालन गरेको  लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । कुल ३७ हजार ८०४ जना परीक्षामा सहभागी भएकोमा १२ हजार ७२९ परीक्षार्थी पास भएका छन् ।

कुल सहभागी मध्ये ३३. ६७ प्रतिशत परीक्षार्थी पास भएका छन् ।

प्रकाशन गरिएको नतिजा अनुसार कोशी प्रदेशमा ६ हजार ९८ जनाले परीक्षा  दिएकोमा दुई हजार १४ जना पास भएका छन् । त्यस्तै मधेस प्रदेशमा ६ हजार ५०० परीक्षार्थीले परीक्षा दिएकोमा एक हजार ५३५ पास भएका छन् ।

त्यस्तै बागमती प्रदेशमा सात हजार ५९४ जनाले परीक्षा दिएकोमा दुई हजार ८९६ जना उत्तीर्ण भएका छन् ।

गण्डकीमा दुई हजार ६७२ जनाले परीक्षा दिँदा एक हजार १८१ जना, लुम्बिनीमा पाँच हजार ८०० ले परीक्षा दिँदा दुई हजार २०३ जना र सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ३३१ जनाले परीक्षा दिँदा एक हजार ६४२ जना पास भएका छन् ।

माध्यमिक तह, अध्यापन अनुमति पत्रको कोशी प्रदेशको नतिजा

माध्यमिक तह, अध्यापन अनुमति पत्रको मधेश प्रदेशको नतिजा 

माध्यमिक तह, अध्यापन अनुमति पत्रको बागमती प्रदेशको नतिजा 

 अध्यापन अनुमति पत्रको गण्डकी प्रदेशको नतिजा

माध्यमिक तह, अध्यापन अनुमति पत्रको लुम्बिनी प्रदेशको नतिजा 

माध्यमिक तह, अध्यापन अनुमति पत्रको कर्णाली प्रदेशको नतिजा

माध्यमिक तह, अध्यापन अनुमति पत्रको सुदूरपश्‍चिम प्रदेशको नतिजा 

Degrees offered in nepal
Counseling
Bachelors Portal