सामूहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेमा जोड दिएका छन् ।

आज संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाएका हुन् ।

उनले पुस्तकालय व्यवस्थापनका लागि आफ्नो र संसद सचिवालयको तर्फबाट आवश्यक सहयोग रहर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए । ‘संस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन हुन्छ ।’ उनले भने, ‘नयाँनयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै हुन्छ ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal